मुसिकोट नगरपालिका गुल्मीको आबदिक योजना मध्यकालीन खर्च सम्रचना सम्बन्धि गोष्ठी सम्पन्न

| २०७८ कार्तिक १८ गते १९: ४६ मा प्रकाशित

एसपी भुसाल,गुल्मी। गुल्मी  जिल्ला को मुसिकोट नगरपालिका ले  दिगो बिकास लागि सबै पक्ष समेटिएको पाच  बर्षे मध्यकालीन खर्च सम्रचना तर्जमा गोष्ठी घनिभुत छलफल गरि सम्पन गरेको छ । मुसिकोट नगरपालिकाले स्थानि सरकार बनेदेखि  अहिलेसम्म गरेका कामहरुको समीक्षा गर्दै  अबको ५ बर्ष मा नगरपालिका लाई कुन स्थानमा लैजाने भन्ने परिकल्पना अनुसार योजना अगडि बढाउने अभियान अन्तरगत यो महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गरेको नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खिमान्नद भुसालले बताउनु भयो ।

 गोष्ठी मा ३ दिन सम्म  आबधिक  योजना मध्यकालीन  खर्च सम्रचना भाबि बिकास रणनीति  सम्बन्धि समुहगत घनिभुत छलफल गरिएको कार्यक्रममा सहभागी हरुको भनाइ छ । नगरपालिका भित्र का बिषयगत समितिका पदाधिकारी हरु नगरपालिका का विभिन्न  शाखा प्रमुखहरु तथा अन्य  कर्मचारी  जनप्रतिनिधि हरु स्थानिय राजनीतिक दल का प्रतिनिधि हरु सरोकारवाला को उपस्थितिमा ५ वटा समिति निर्माण गरि नगरपालिका को समग्र बिकास स्वास्थ्य शिक्षा खानेपानी कृर्षि युवा स्वरोजगार बन बाताबरण  उधोग बाणिज्य  जस्ता महत्त्वपूर्ण बिषमा जनप्रतिनिधि सरोकारवाला बिज्ञ  का बिचमा छलफल गरि अन्तिम सम्म छलफल गरि दिर्घकालिन योजना निर्माण गर्ने काम सुरु गरिएको नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिमान्नद भुसालले जानकारी दिनु भयो । 

कार्यक्रममा मुसिकोट नगरपालिका का प्रमुख सोमनाथ साप्कोटाले कुनै पनि लक्ष्य हासिल गर्नका लागि पहिले त्यसको योजना बनाउनु पर्ने आबस्यक रहेकाले  नगरपालिका को समग्र पक्षको यथार्थ विश्लेषण गरि सबै समस्या समधान चुनौती र वास्तविक नगरपालिका का सुचक तथ्यहरु सङकलन गरेर आबधिक  योजना बनाउन लागिएकोबताउदै नगरको बिकासमा सबै लाग्नु पर्ने बताउनु भयो । नगरपालिका ले गरेको सो  गोष्ठीको पहिलो दिन बिभिन्न बिषयगत  पदाधिकारी तथा कर्मचारी हरु सरोकारवालाको उपस्थितिमा पछिल्लो ५ बर्षमा नगरपालिका मा भएको भौतिक  आर्थिक उपलब्धि तथा आगामी  ५ बर्षका लागि रणनीतिक उदेश्य सहित  कार्यक्रम को आयोजना  गरिएको थियोे । सो कार्यक्रममा  प्रारम्भिक दस्ताबेज तयार गरि पुर्वाधार सामाजिक आर्थिक  सुसासन तथा बिपद ब्यबस्थापन समितिले बिज्ञहरुको उपस्थितिमा प्रिजेन्टेसन गरेका थिए।

 आबधिक योजना मा उठेकाकुराहरु दस्तावेज बनाई थप   अझै पनि छलफल र बहस गरि वार्डगत सुझाब हरु सङकलन गरि पुणता दिईने प्रमुख प्रसासकिय अधिकृत भुसालले जानकारी दिनु भयो  कार्यक्रम मुसिकोट नगरपालिका को  आर्थिक  सहयोग एमडि ईन्जिनियरिङ कन्सलटेन्सि को सहजिकरमा गरिएको हो । कार्यक्रममा तिनदिन सम्म जनप्रतिनिधि हरु सरोकारवाला नगरपालिका का कर्मचारी हरुले छलफल गर्न पाउँदा निकै उपलब्धि मुलक भएको र यसरी छलफल गरि दिर्घकालिन योजना बनाउदा नगरपालिका को दिर्घकालिन बिकासले फड्को मार्ने अपेक्षा गरिएको कार्यक्रममा सहभागी हरुको भनाई छ। 

मुसिकोट नगरपालिका मा कार्यलय प्रमुखको रुपमा खिमान्नद भुसाल  हाजिर भएदेखि निकै रचनात्मक कामहरु गर्नुको साथै बिकास निर्माणका कामहरुले तिब्रता पाउनुको साथै सुशासन प्रारदर्सिता लाई पहिलो प्राथमिकतामा राखेर काम गरेको भन्दै नगरवासिले कार्यलय प्रमुखको  खुलेर प्रशम्सा गर्छन भने कर्मचारी र जनप्रतिनिधि को सम्बन्ध नङ र मासुको जस्तो हुदा बिकासले फड्को मारेको छ ।

प्रतिक्रिया दिनुहोस्