अर्घाखाँचीका आचार्य जनप्रगतिशील मञ्च कतारको युवा संयोजक

| २०७८ मंसिर ५ गते ०१: २९ मा प्रकाशित

दोहा। नेपाली जनप्रगतिशील मञ्च कतारको पाचौं अधिबेशन बाट अर्घाखाँची जिल्लाका "नेत्र आचार्य तुफान"  युवा संयोजकमा निर्विरोध निर्वाचित भएका छ्न ।

गत शुक्रबार दोहाको सालिमार होटलको सभाहलमा सम्पन्न भएको मञ्चको पाचौं अधिबेशन बाट अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा पाँच (साबिक ) बागी भन्डार निबासी आचार्य नेकपा मावोबादी केन्द्र निकट प्रवास सङ्गठनको युवा संयोजकमा निर्विरोध निर्वाचित भएका हुन । उक्त अधिबेशन बाट बुद्धि प्रसाद भण्डारीको अध्यक्षमा ५१ जनाको नयाँ कार्यसमिति बनेको छ ।

सन २००६ सालमा रोजगारिको निम्ति प्रवास कतार आएका आचार्य सङ्गठनको क्षत्रीय समितिको सचिव, इन्चार्ज हुँदै रास्ट्रिय कमिटीको सदस्य र पाचौं अधिबेशन सम्म आइपुग्दा सङ्गठनको महत्त्वपूर्ण पद युवा संयोजकमा आइपुगेका छ्न ।

जागिरको वाबजुट राजनीति सङ्गै सामाजिक कार्यमा पनि अग्रसर (आचार्य ) "अर्घाखाँची सेवा समाज कतारको " कोषाध्यक्ष पद लगायत विभिन्न सामाजिक सङ्गसस्थामा आबद्द रहि भैपरि आउने विभिन्न कार्यमा अग्रसरता देखाउने गर्दछ्न । साथै आगामी दिनमा यहाँ रहेका नेपाली श्रमिकको आवाज बुलन्द पार्दै हरेक शुख दु:खमा सारथि बन्ने उन्को चाहाना रहेको बताए 

प्रष्ट र सिधा बोल्ने, हक्की स्वभावका भएपनि आचार्य इमानदारीको सबालमा पछि हट्दैनन भनेर चिनिन्छ्न ।

प्रतिक्रिया दिनुहोस्