अध्यक्ष पदमा भीम रावलले ओलीसँग प्रतिस्पर्धा गर्ने

| २०७८ मंसिर ५ गते १५: ०५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औँ महाधिवेशमा अध्यक्ष पदमा उठ्ने घोषणा गरेका छन् । उपाध्यक्ष रावलले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी घोषणा गर्दैछन् ।

रावलले कार्यकर्ताको भावनाअनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारी गरेको बताउँदै आएका छन् । दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका थिए ।

एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । रावलले अध्यक्ष पदमा उठ्ने भएसँगै चितवनमा यही मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष नहुने भएका छन् ।news24 

प्रतिक्रिया दिनुहोस्