सर्वोच्चमा पेशी तोक्ने गोलाप्रथा प्रणालीको कानूनी प्रक्रिया पूरा

| २०७८ मंसिर ६ गते १६: ४५ मा प्रकाशित

काठमाडौं। सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने कानूनी प्रक्रिया पूरा भएको छ । आज राजपत्रमा गोलाप्रथाबाट पेसी तोक्ने सूचना प्रकाशित भएको हो ।

सर्वोच्च अदालतको फुल कोर्टले निर्णय गरी गोलाप्रथा लागू गर्ने व्यवस्था गरेको थियो । सूचना प्रकाशित भएपछि सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेशी तोकिनेछ । अब कुन न्यायाधीशलाई कुन पेशी तोक्ने भन्ने गोलाप्रथा प्रणाली लागू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध विद्रोहमा उत्रिएका न्यायाधीशहरुलाई मनाउन गोलाप्रथासम्बन्धी विगतको सिफारिशलाई लागू गर्ने निर्णय फूल कोर्टले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्