कपिलवस्तुका सराज फारूकी नेकपा (एमाले) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने

| २०७८ मंसिर ९ गते ०१: ३५ मा प्रकाशित

कपिलवस्तु, कृष्णनगर l कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, नेता सराज अहमद फारूकी ले चितवनमा हुन गैरहेको नेकपा एमाले को १०औ राष्ट्रीय महाधिवेशनमा केन्द्रीय सदस्यमा पुनः उम्मेदवारी दिने बताएका छन् l

नेकपा एमाले को गाँउ कमिटी देखि लिएर इलाका कमिटी हुदै जिल्ला कमिटी लगायत प्रायु संघका केन्द्रीय कमिटी सदस्य समेत रहेका फारूकी करीब दुई दशक भन्दा माथी नेपाल कम्युनिष्ट  पार्टी एमाले का लागि पूर्ण कालिन निरन्तरता दिदै आएका उहाँ ले फेरी पार्टी को केन्द्रीय सदस्य मा दावेदारी रहेको बताएका छन् l

नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष रहेका फारूकी पार्टीका तर्फबाट उक्त संगठन को सह इन्चार्ज समेत रहेका छन् lमुस्लिम खुल्ला कोटा बाट नेकपा एमाले का केन्द्रीय सदस्य समेत रहेका सराज अहमद फारूकी ले  नेकपा एमाले को १०औ महाधिवेशनमा पुनः सोही कोटा बाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र पार्टी समर्थक सबैको साथ र सहयोग रहेको बताउदै आफू लाई समर्थन गर्न समेत अपिल गरेका छन् l

प्रतिक्रिया दिनुहोस्