भारतीय सेनाद्वारा नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग

| २०७८ मंसिर ९ गते १९: ४९ मा प्रकाशित

काठमाडौँ।भारतीय सेनाले नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग गरेको छ ।  नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १३औं बैठकमा भएको सहमति अनुसार सेनालाई ती ट्रक बिहीबार हस्तान्तरण गरिएको हो ।

सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा भारतका सैनिक सहचारी कर्णेल अमित शर्माले हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई वर्कसप ट्रक हस्तान्तरण गरेका हुन् ।

यी ट्रक हातहतियार,लजिस्टक उपकरण तथा सामानहरु बोक्न प्रयोग हुने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्