एमालेमा चुनाव हुने बाटो खुल्यो, निर्वाचन कार्यतालिका सार्वजनिक

| २०७८ मंसिर १३ गते ००: १५ मा प्रकाशित

सौराहा। नेकपा एमालेमा नेतृत्व चयनमा चुनाव हुने बाटो खुलेको छ ।  बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय समितिको नामावली प्रस्तुत गर्ने अधिकार दिए पनि एमालेको निर्वाचन समितिले आइतबार राति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

एमालेको अध्यक्षमा डा भीम रावल, उपाध्यमा घनश्याम भुसाल र सचिवमा टंक कार्कीले दाबेदारी गरेका छन् ।  एकातिर सर्वसम्मतको प्रयास र अर्कोतिर उम्मेदवारी फिर्ता नलिने अडानका बीच आएको निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ता अहिले ११:३० देखि १२:३० बजेसम्म तोकिएको छ ।

उम्मेदवारी फिर्ता लिने २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २:१० मा हुने कार्यतालिका आएको छ । मतदान भोलि ९ देखि चार बजेसम्म हुनेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अध्यक्ष मण्डलको आग्रहअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए ।

NewsKarkhana

प्रतिक्रिया दिनुहोस्