डा. जागेश्वर गौतम भन्छन्– ओमिक्रोन भाइरसलाई खोपले काम नगर्ने सक्छ, सचेत रहौं

| २०७८ मंसिर १३ गते ०५: ४२ मा प्रकाशित

ओमिक्रोन भाइरसलाई हालको खोपले काम गर्न नसकिने भन्दै सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुर्व प्रवक्ता  डा. जागेश्वर गौतमले आग्रह गरेका छन्।

दक्षिण अफ्रीकन देशहरुमा देखिएको कोभिडको नयाँ भेरियन्ट( ओमिक्रोन) लाई भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रिपोर्ट आएको भन्दै उनले जनस्वास्थ्यमा मापदण्डलाई कडाईका साथ लागु गर्न आग्रह गरेका हुन् ।

उनले समाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आग्रह गरेका छन्।

‘दक्षिणी अफ्रीकन कण्ट्रीहरुमा देखिएको कोभिड नया भेरियण्टलाइ भ्याक्सिनले रोक्न नसक्ने प्रारम्भिक रेपोर्ट आएको छ, यो इण्डिया छिरेपछी नेपाल आइहाल्छ, त्यसैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुको कुनै विकल्प छैन, आफू बचौ र अरुलाइ पनि बचाऔ,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्