जिप दुर्घटनामा नवविवाहित जोडी सहित चार जनाको मृ'त्यु

| २०७८ मंसिर २० गते १९: ५७ मा प्रकाशित

बैतडी। बैतडीमा सोमबार साँझ भएको जिप दुर्घटनामा नवविवाहित जोडी सहित चार जनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका– ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर पाटन– ७ कैलपाल माइत भएकी २० वर्षीया मनिषा विक र उनका श्रीमान २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख इन्स्पेक्टर राजेश शाहीले बताउनुभयो। चुनाराको ठेगाना भने खुल्न नसकेको बताइएको छ ।

उनीहरु चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मनीषा र प्रेमले १० दिन अघि मात्रै विवाह गरेको बुझिएको छ । उनीहरु घरबाट माइती फर्कदै गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन् । उनीहरु सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

चालक भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्