अखिल (छैठौं)त्रिभुवन बिश्वबिधालय केन्द्रिय क्याम्पसको इन्चार्जमा अर्घाखाँचीका पोख्रेल

| २०७८ मंसिर २० गते २०: २२ मा प्रकाशित

टेकराज भुसाल। अखिल (छैठौं) त्रिभुवन बिश्वबिधालय केन्द्रीय क्याम्पस किर्तिपुरको इन्चार्जमा पुरन पोख्रेल चयन हुनुभएको छ। 

अन्नपूर्ण नि मा बि धारापानी अर्घाखाँचीबाट अखिल (छैठौं) को इकाई अध्यक्ष हुँदै अखिल (छैठौं)को राजनीति प्रवेश गर्नुभएका पोख्रेल २ कार्यकाल अखिल (छैठौं) पाल्पाको  जिल्ला अध्यक्ष हुँदै अखिल (छैठौँ) ५ नम्बर प्रदेश सह सचिब तथा केन्द्रिय सदस्य हुनुहुन्थ्यो। 

विद्यार्थी आन्दोलनमा कुसल नेतृत्व गर्न सक्ने क्षमता भएका पोख्रेल प्रखर बक्ताको रुपमा चिनिनुहुन्छ। पाल्पा जिल्लामा लामो समय विद्यार्थी आन्दोलनको नेतृत्व गरि हाल उहाँ त्रिभुवन बिश्वबिधालय किर्तिपुरमा अध्यनरत हुनुहुन्छ।उहाँ विद्यार्थी राजनीति मात्रै नभएर शैक्षिक क्षेत्रमा समेत अब्बल मानिनुहुन्छ। हालै अखिल (छैठौं) केन्द्रिय समितिबाट देशको सबैभन्दा ठूलो बिश्वबिधालय त्रिभुवन बिश्वबिधालय केन्द्रिय क्याम्पसको इन्चार्जको जिम्मेवारी पाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्