कपिलवस्तुमा अति विपन्न तीन परिवार लाई खाद्यान्न सामग्री सहयोग (तस्विर सहित)

| २०७८ मंसिर २१ गते २१: १५ मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा,अर्घाखाँची। "लुकेको प्रतिभा जगेर्ना हाम्रो अभियान समाजसेवा नै हाम्रो पहिचान" हो भन्ने मूल नाराका साथ स्थापित यस लुम्बिनी उद्दार तथा कला संगठनले कपीलबस्तुको गजडा देखि केही भित्र बसोबास गर्दै आएका अति विपन्न वर्गका ३  परिवार हरु हुमकला घर्ती, बनु थारु, मंगरी थारुको परिवारलाई खाद्यान्न सहयाेग गरेको छ। 

अध्यक्ष सन्तोष आचार्य, उपाध्यक्ष सरस्वता केसि , सचिव माधब पौडेल (सुनिल) र कोषाध्यक्ष अशोक पौडेलको नेतृत्वमा प्रबन्धक निर्देशक आकाश आचार्य, माधव पौडेल (सुनिल), सहयोगी मधुसुदन चौधरी ,तथा स्थानीय तारा रेग्मी र दानु घर्तीको उपस्थितीमा राहत बितरण गरिएको हो।

त्यहाँ रहेको पीडित परिवार कोही अपाङ्ग , कोही एक्लो र कोही रोगी हुनुहुँदो रहेछ।  तपाईंहरु पनि यस समाजसेवा  अभियानमा जोडिएर सहयोग गर्न चाहनुहुन्छ भने हाम्रो संस्थाको नंबर 9742878402 र 9861350073 मा सम्पर्क गर्न सक्नुहुनेछ।

यस अभियानमा खटिनु हुने सम्पूर्ण सदस्य स्थानीय तथा सहयोगी दाताहरु लाई पनि  लुम्विनी उद्धार तथा कला सङ्गठन परिवार हृदय देखि हार्दिक धन्यबाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्