रक्षामन्त्री डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा

| २०७८ पौष १ गते १४: ०१ मा प्रकाशित

रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन् – नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार २१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १३८५ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् भने प्रदिप पौडेलले ६२१ मत प्राप्त गरेका छन् । यस्तै प्रकाशशरण महतले ६९८ र मीनेन्द्र रिजालले ३६५ मत पाएका छन् । राजाराम कार्कीले ५९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्