एमसीसीमा सहमति गरौं, गठबन्धन नतोडौं : डा. भट्टराई

| २०७८ पौष ५ गते १७: ०२ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको सन्दर्भमा सहमति खोजेर अघि बढ्न आह्वान गर्नुभएको छ ।

समाजवादी प्रेस संगठनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले एमसीसीमा सहमति गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले एमसीसीकै कारण गठबन्धन नटुटाउनका पनि शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो ।

‘कतिपय मुद्दाहरूमा राजनीतिक दलहरूबीच फरक धारणा हुने र त्यसलाई मिलाएर अगाडि बढ्न दलहरूको अभिभारा भएको उल्लेख गर्दै उनले भने, ‘जस्तै अहिलेको एमसीसी त्यही भएको छ । यसका सन्दर्भमा राजनीतिक दलहरूबीच फरक धारणा छन् । यसमा राष्ट्रिय सहमति खोजेर अगाडि बढौं ।’

‘यसैका कारण गठबन्धनलाई नतोडौं, यहाँ निर्णायक नेताहरू हुनुहुन्छ । यसमा सहमति खोजेरै अगाडि बढौं, म तपाईंहरूको ध्यान आकृष्ट गर्न चाहन्छु । भित्री र बाहिरी शक्तिहरूले गठबन्धनलाई तोड्न चाहेका छन् । यस्तोमा होशियारीपूर्वक अगाडि बढौं । कमसेकम आगामी चुनावसम्म जाऔं ।’

डा. भट्टराईले प्रतिगमन नटरिसकेको भन्दै राजनीतिक दलहरुले सहमति गरेर जानुको विकल्प नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्