काँग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा पुष्पा र डिला,आरजुसहित ९ जना विजयी

| २०७८ पौष ५ गते २१: १९ मा प्रकाशित

नेपाली काँग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) मा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा देउवासहित ९ जना निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार ३० उम्मेदवारमध्ये ९ जना विजयी भएका हुन् । 

विजयी हुनेमा संग्रौला, भुसाल र देउवासहित अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही रहेका छन् । मत परिणामअनुसार संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्