आर्थिक अभावका कारण मिसन अस्पतालमा अलपत्र परेको शवलाई समाजसेवी युवा नारायण खनालको पहलमा व्यवस्थापन गरियो

| २०७८ पौष २५ गते १९: ५४ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। हिन्दु जागरण युवक स्वयंसेवक केन्द्रिय अध्यक्ष नारायण खनालको पहलमा  केन्द्रीय महासचिव  शिवसंकर सेन सहितको टोली र पाल्पा जिल्लाका समाजसेवीहरु साथै मृतकको गाउँपालिकाको सहयोगमा अस्पतालमा अलपत्र परेको शवलाई व्यवस्थापन गरिएको छ। 

सुस्ता गाउँपालिका वडा नम्बर ३ निवासी कात्तिक परियार कि श्रीमतीको उपचारको क्रममा पाल्पाको मिसन अस्पताल मा निधन भएको थियो। राधिका परियार को मृत्यु पछि निजका २२ महिना का छोरा र श्रीमान आर्थिक अभावका कारण शव संगै अस्पतालमा अलपत्र परेका थिए। 

आफ्नी मृतक श्रीमतीको अस्पतालमा रहेको शवलाई घाटममा लगेर अन्तिम दाहसंस्कार गर्न समेत पैसा नभएका कात्तिक परियार श्रीमतीको शव उठाउँने पैसा न भएपछी सामाजिक संजालमा  भावबिहाल हुँदै आर्थिक सहयोगको लागि हरगुहार गरेका थिए। 

सोहि सामाजिक संजालमा देखिएको पिडादायिक अवस्थालाई बुझेर पाल्पाको मिसन अस्पतालमा अलपत्र परेको शवलाई त्यहाँबाट उठाइ बुटवल पुर्‍याएर पोस्टमार्टम गरी त्रिवेणी हाउसमा लगेर शव अन्त्येष्टि गर्न व्यवस्था मिलाउने सहयोगी हिन्दु जागरण युवा संघ लगायत सम्पुर्ण सहयोगी हातहरुलाई अर्घाखाँचीबुलेटिन परिवार  धेरै भन्दा धेरै धन्यवाद दिन चाहान्छौँ।

प्रतिक्रिया दिनुहोस्