विज्ञले भने ‘ओमिक्रोन महामारी झै फैलिएपनि मानव स्वास्थ्यका लागि यसकारण छ फाइदाजनक’

| २०७८ पौष २८ गते १८: ३३ मा प्रकाशित

काठमाडौ । कोभिडको नयाँ भेरियन्ट महामारीका रुपमा फैलिदा सबैतिर चिन्ता बढिरहेको बेला युरोपका विज्ञहरुले भने खुसी दिने खबर सार्वजनिक गरेका छन् । उनीहरुले ओमिक्रोन महामारीका रुपमा फैलिए पनि त्यसवाट डराउन नपर्ने बताएका छन् । तर कोभिड विरुद्धको बुस्टर डोज भने पटक पटक लगाउन नहुने उनीहरुको भनाइ छ । ओमिक्रोन भेरियन्टको सङ्क्रमणले कोभिडको महामारी (प्यानडेमिक) लाई मानवजाती बाँच्न सक्ने ‘एन्डेमिक’ (महामारीको अन्त्य) तर्फ धकेलिरहेको युरोपको शीर्ष औषधि नियामक निकायले जनाएको छ ।

अहिले महामारीका रुपमा फैलिएको कुरालाई भने विर्सन नहुने उनीहरुले बताएका छन् । युरोपियन मेडिसिन्स एजेन्सी (इएमए) ले आम जनतालाई चौथो बुस्टर खोप दिने रणनीति भने ठिक नभएको जनाएको छ । दोहोराएर बुस्टर खोप दिनु ‘दिगो’ रणनीति हुन नसक्ने एजेन्सीको भनाइ छ । बुस्टर जोडले मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई घटाउने विज्ञहरुको भनाई छ ।

एम्सटर्डाममा रहेको नियामक निकायको खोप रणनीतिका प्रमुख मार्को काभालेरीले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई थाहा छैन हामी यो सुरुङको अन्त्यमा कहिले पुग्छौँ, तर हामी त्यहाँ अवश्य पुग्छौँ।।। मानिसमा प्रतिरोधात्मक क्षमताको वृद्धिसँगै, त्यसमा पनि ओमिक्रोनले गर्दा खोपको साथै प्राकृतिक प्रतिरोधात्मक क्षमता वृद्धि भइरहेको छ । यसरी हामी तीव्र गतिमा एन्डेमिक (महामारीको अन्त्य) को नजिकतिर हामी पुग्नेछौँ ।’

तर उनले हामी अझै पनि महामारीकै चरणमा रहेको भुल्न नहुने कुरामा विशेष जोड दिएका थिए । ओमिक्रोनले स्वास्थ्य सेवा ठुलो चाप बढ्ने पनि उनले चेतावनी दिए । विश्व स्वास्थ्य संगठनले मंगलबार मात्र दुई महिनाभित्र युरोपका आधाभन्दा बढी जनसङ्ख्या ओमिक्रोनबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको थियो । संगठनले पनि कोभिडको बुस्टर डोज पटक–पटक दिनु सही रणनीति नभएको बताएको थियो जसलाई युरोपको नियामक निकायले पनि दोहोर्‍याएको छ । ‘यदि हामीले प्रत्येक चार महिनामा बुस्टर खोप दिन थाल्यौँ भने यसले हाम्रो प्रतिरोधात्मक क्षमतामा असर पुर्‍याउने छ,’ काभालेरीले भने ।

प्रतिक्रिया दिनुहोस्