नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

| २०७८ माघ ९ गते १६: ३५ मा प्रकाशित

काठमाडौं । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेटिएको हो ।

बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्