रेसुङ्गा नगरपालिकामा आदिबासि जनजाति तथा दलित सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

| २०७८ फागुन ११ गते १८: १९ मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी । महिला बालबालिका तथा जेष्ठ नागरिक साखाको आयोजनामा आदिबासि जनजाति तथा दलित सम्बन्धी ३ दिने नगर स्तरिय जनचेतना मुलक कार्यक्रम रेसुङ्गा नगरपालिका गुल्मीको सभा हलमा सम्पन्न भएको छ ।

जनचेतना मुलक कार्यक्रममा सहभागीलाई ७ वटा विषयमा लैङ्गिक हिंसा, जातिय भेदभाव, वार्षिक बजेट तर्जुमा, उद्घोषण, प्रजन्न स्वास्थ्य लगायतको विषयमा तालिम दिइएको थियो । कार्यक्रममा रेसुङ्गा नगरपालिकाको प्रत्येक वडाबाट ४÷४ जना प्रतिनिधि हुनेगरि कार्यक्रम गरिएको हो ।समापन कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जनचेतना मुलक कार्यक्रममा दलित जनजाति उत्घोसक प्रजनल स्वास्थ्य लैंगिक हिंसाका कुराहरु सहभागिहरुलाई सिकाएको बताउनु भयो । प्रशिक्षार्थी प्रशिक्षक बीच दोहोरो अन्तरक्रिया भइ प्रशिक्षक सन्तुष्टि र प्रशिक्षार्थी खुसी भएको मरासिनिले बताउनु भयो । प्रशिक्षार्थीहरुलाई कार्यक्रममा सिकेका कुराहरुलाई आफ्नो समुदायमा गएर अरु व्यक्तिहरुलाई सिकाउन आग्रह गर्नुभयो ।

रेसुङ्गा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष पदम प्रसाद अर्यालका अनुसार दलित जनजातिका कुराहरु प्रशिक्षार्थीहरुलाई सिकाएको बताउनु भयो । अर्यालका अनुसार पालिकाहरुले योजना बनाउदा सक्रिय रुपमा सहभागि बनाउने बताउनु भयो । प्राप्त गरेको सफलतालाई उत्पे्ररणा होस भन्दै शुभकामना दिनु भयो । 

रेसुङ्गा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष थम्मन के सीले जनचेतना मुलक कार्यक्रममा २ वटा समुदायलाई लक्षित गरि यो कार्यक्रम संचालन गरेको बताउनु भयो । के सिका अनुसार दलित महिलाहरुको कार्यक्रम छुट्टा छुट्टै गर्दै आएको बताउनु भयो । दलित समुदायबाट सहभागि भइ सिकेकोमा धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना पाण्डे, पार्वता पन्थी र पत्रकारहरुको उपस्थीति रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्