प्रगतिशील लेखक संघ (प्रलेस) नेपाल रुपन्देही शाखाको नवाैं जिल्ला सम्मेलन शनिवार बुटवल उपमहानगरपालिकाकाे सभा हलमा सम्पन्न

| २०७८ फागुन २१ गते २१: ४८ मा प्रकाशित

बुटवल,२१ फागुन। प्रगतिशील लेखक संघ (प्रलेस) नेपाल रुपन्देही शाखाको नवाैं जिल्ला सम्मेलन शनिवार बुटवल उपमहानगरपालिकाकाे सभा हलमा सम्पन्न भएको छ।

सम्मेलनले कविराज पाैडेलकाे अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ।समितिको उपाध्यक्षमा श्यामलाल पोख्रेल, यज्ञप्रसाद न्याैपाने, हृदय लेकाली, सचिवमा कृष्ण गाउँले, सहसचिवमा सीता ढुङ्गाना, काेषाध्यक्षमा हिरालाल धामी सदस्यहरुमा क्रमशः टेकराज भुसाल, गणेश घिमिरे, हुमराज भुसाल, माधव कुमार पाैडेल, दिपक न्याैपाने, यज्ञलाल सुवेदी, सिर्जना खनाल र गिता रानी बराल निर्वाचित हुनुभएको छ।

उद्घाटन सत्रमा बाेल्ने वक्ताहरुले साहित्यकारहरुले संगठित रुपमा प्रगतिशील लेखक संघले राजनीतिक दलहरुलाई सही बाटो हिडाउन खबरदारी गर्न सुझाव दिएका थिए। उनीहरुले एउटै उद्वेश्यले जन्मिएको एउटा कम्युनिस्ट पार्टीबाट दर्जन बढी पार्टीमा विभाजन हुनु दुखद् गलत पक्षले भएकाले आफ्नै ढंगले बालिएका चुलाहरुलाई भत्काएर एउटै चुलो बाल्न र एउटै छानामुनी बस्न आग्रह गरेका छन् । त्यसका लागि प्रगतिशील लेखक संघले प्रभावकारी भूमिका खेल्ने बेला आएको बताए । 
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर कपिलदेव लामिछानेले समाज परिवर्तका लागि राजनीतिक परिवर्तनले मात्र नहुने भएकाले सांस्कृतिक जागरणका लागि प्रगतिबादी आन्दोलन आवश्यक पर्ने बताए।

 कविबर रामचन्द्र भट्टराइले भू–राजनीतिक दृष्टिकोणले नेपाल संगीन घडीमा रहेको उल्लेख गर्दै देशलाई युक्रेन जस्तै भुमरीमा पसाउने षडेयन्त्र भैरहेको बताए। बिना श्रीपेचका राजाहरु घासमा लुकेका हरिया सांप जस्तै सलबलाएको भन्दै खबरदारी आवश्यक रहेकोमा जोड दिए। 

प्रज्ञा बुंद रानाले पार्टीका नेताहरुलाई पथप्रर्दशक बाटो हिडाउनका लागि लेखक,साहित्यकारहरुले खबरदारी गर्नुपर्ने बताए।उनले एमसीसी परियोजनाबारे प्रगतिशील लेखक संघ बोल्न नसकेकोप्रति आलोचना गरे। 

कार्यक्रममा प्रगतिशील लेखक संघ रुपन्देहीका पूर्व अध्यक्ष डाक्टर मुरारि पराजुली, देवेन्द्र घिमिरे,राष्ट्रिय जनमोर्चाका नेता दुर्गानाथ खरेल, नेकपा एमालेका शोभारखर पोखरेल, नेकपा माओवादी केन्द्रका सुदीप न्यौपाने, नेकपा एकीकृत समाजवादीका सिद्विचरण भट्टराई लगायतले आआफ्ना भनाइ राखेका थिए।

अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षता,सचिव श्यामलाल पोखरेलको सञ्चालन र उपाध्यक्ष कविराज पौडेलको स्वागतमा कार्यक्रम भएको थियो ।नवनिर्वाचित कार्यमितिलाई निर्वाचन मण्डलका संयोजक बसन्तराज खनाल र प्राध्यापक डाक्टर कपिलदेव लामिछानेले बधाई ज्ञापन गरेका थिए।त्यस्तै नवनिर्वाचित अध्यक्ष कविराज पौडेलले प्रगतिबादी आन्दोलनमा इमान्दार भएर काम गर्ने प्रतिवद्वता जनाउनुभएको छ।

 कार्यक्रममा प्रलेस रुपन्देहीले प्रकाशन गरेको भाग ४ पुस्तकको विमोचन गरिएको थियो। त्यस्तै प्रगतिशील लेखक संघ केन्द्रिय पार्षद र प्रदेश पार्षदका लागि नाम सिफारिस गरिएको छ। प्राडा कपिलदेव लामिछानेले सपथ खुवाएका थिए, भने कविबर रामचन्द्र भट्टराइले अविर लगाइदिएर नवनिर्वाचित कार्यसमितिलाई धन्यबाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्