स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने

| २०७८ फागुन २३ गते १८: ३२ मा प्रकाशित

 काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने भएको छ ।

निर्वाचन आयोगले मतपत्रमा प्रयोग हुने चुनाव चिह्नको रङ टुंगो लगाएको हो । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार २०७४ को चुनावमा सेतो कागजमा निलो रङको चिह्न थियो ।

मतदानमा प्रयोग हुने रङ पनि निलो भएकाले उज्यालो कम भएको बेला वा रातको समयमा मतगणना गर्न अप्ठ्यारो भएको थियो । पछिल्लो चुनावमा रातो रङ प्रयोग गरिएको थियो ।

यो पटक हरियो रङको चुनाव चिह्न हुनेछ भने स्वस्तिक छापको रङ निलो नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्