हिमाल सुरक्षा परिषदद्धारा नेपालमा सशस्त्र यु-द्धको घोषणा (विज्ञप्तीसहित)

| २०७८ फागुन २५ गते १६: ३३ मा प्रकाशित

काठमाडौ ।नेपालमा एक समुहले फेरी सशस्त्र यु’द्धको घोषणा गरेको छ । आफूलाई हिमाल सुरक्षा परिषद बताउने उक्त पार्टीले ह-ति-यारको तस्विरसहित यु’द्धकोे घोषणा गरेको हो । परिषद्ले हालै एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो ।

०४७ सालको संविधान पुर्नस्थापना हुनुपर्ने परिषद्को प्रमुख माग रहेको छ । संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, पाँच विकास क्षेत्रजस्ता त्यहाँ रहेका प्रावधान पुर्नस्थापना हुनुपर्ने परिषद्ले माग गरेको छ ।

संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र पुर्नस्थापनाका लागि आफूहरूले सशस्त्र यु’द्धको घोषणा गर्नुपरेको परिषद्का अध्यक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नाम उल्लेख नगरी परिषद्का केन्द्रीय अध्यक्षको हस्ताक्षर भने छ । ‘यो देशको परिस्थिति भ्रष्ट्राचार देशद्रो’ही र खर्चिलो संघीयतालाई ध्यान दिएर सशस्त्र यु’द्धको घोषणा गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । परिषद्ले विभिन्न २० बुँदे माग राखी सशस्त्र यु’द्धको घोषणा गरेको जनाएको छ ।

जसमा एमसिसी सम्झौता खारेज गरिनुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेजस्ता माग छन् ।

विज्ञप्ति

 

 

प्रतिक्रिया दिनुहोस्