गुल्मीमा रहेको आखाँ उपचार केन्द्रमा आखाँ शिविर सञ्चाल

| २०७८ फागुन २७ गते १९: ५३ मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी । गुल्मी जिल्लाकाे सदमुकाम तम्घासमा  रहेको आखाँ उपचार केन्द्र मा २ दिन नि शुल्क आखाँ शिविर सञ्चालन भएको छ। डाक फाउण्डेनको सहयोग तथा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको आयोजनामा बिहीबार र शुक्रबार सञ्चालन भएको शिविर बाट चार सय जनाले आखाँ उपचार गराएकाे आखाँ उपचार केन्द्र गुल्मीका प्रमुख सुर्य बहादुर बस्नेत ले जानकारी दिए।बस्नेत का अनुसार एक सय जनाकाे माेतिबिन्दुकाे अपरेसन भएको बताए। उनका अनुसार शिविर मा ३ महिना देखि ९१ बर्ष सम्मका व्यक्ति हरुले सेवा लिएकाे जानकारी दिए।

आखाँ शिविर बाट अपरेसन गराउन पाउँदा खुसी भएको सेवाग्राही हरुले बताए।आखाँ अपरेसन गरेर देख्ने बनाएकाे मा सेवाग्राही हरुले डाक फाउन्डेसन लाई धन्यवाद पनि दिए। पैसा नभएर अपरेसन गर्ने नपाएर बसेका मानिस हरु अपरेसन गर्ने पाउँदा खुसी भएको बताए।

आखाँ उपचार गर्ने गुल्मी,बाग्लुङ र अर्घाखाँची बाट  आएकाे आखाँ उपचार केन्द्र का प्रमुख सुर्य बहादुर बस्नेत ले जानकारी दिए।गुल्मीले जिल्लामा प्रत्येक महिना शिविर सञ्चालन गरिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्