लगइन एजुकेशन बुटवल गोलपार्क मा नेपाल वैंक लिमिटेडको तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

| २०७८ फागुन २८ गते १६: ५३ मा प्रकाशित

लगइन एजुकेशन बुटवलमा नेपाल वैंक लिमिटेडको तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुटवल ३ गोलपार्कमा रहेको लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्कमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । 

नेपाल वैंक लिमिटेडको तयारी कक्षा लिन इच्छुक विद्याथीहरुलाई मध्यनजर गर्दै गरिएको अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंक सु.ब भैरहवा शाखाका शाखा प्रमुख हिम खनालले नेपाल वैंक लिमिटेडमा रामो करीयर रहेको र तिव्र प्रतिस्प्रधा रहेकोले नयाँ ढङ्गबाट जुट्नुपर्नै बताउनु भयो । साथै उक्त कार्यक्रममा निजामति क्षेत्रका कर्मचारिहरु,नेपाल वैंक लिमिटेडका कर्मचारिहरु पनि उपस्थिति रहेको र आफ्ना अनुभवहरु बताउनु भएको थियो । अभिमुखिकरणमा ६० भन्दा बढी विद्याथीहरुको उपस्थिती रहेको थियो ।

 नेपाल वैंक लिमिटेडको तयारीमा बसेका विद्याथहिरुको माग अनुरुप कार्यक्रम गरिएको र फागुन ३० गतेबाट निरन्तर रुपमा नेपाल वैंक लिमिटेडका कक्षाहरु सञ्चालन हुने सञ्चालक अर्जुन खनालले जानकारी दिए । लगइन एजुकेशनका सञ्चालक अर्जुन खनालको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन माया घिमिरे ले गरेकि थिइन । साथै यस संस्थाका सञ्चालक अर्जुन खनालले तयारीमा जुट्नुभएका बिधार्थिहरुलाइ मिति २०७८-११-२८ र २९ गते भर्ना हुनेलाइ तोकिएको शुल्कमा १५ प्रतिशत छुट दिने जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्