एमसीसि बिरुद्ध बुटवलमा मार्चपास तथा बिरोध प्रदर्शन

| २०७८ फागुन २८ गते १६: ४१ मा प्रकाशित

टेकराज भुसालबुटवल । राष्ट्रघाती एमसीसि सम्झौता खारेजीको माग गर्दै बुटवलमा मार्चपास तथा बिराेध प्रदर्शन सम्पन्न भएको छ।

नेकपा (मसाल),नेकपा (विप्लव) समुह लगायत ६ कम्युनिस्ट पार्टी र २ माेर्चा सम्बद्ध युवा संगठनहरुले बुटवलको पुरानो बसपार्क देखि र्याली सुरु गरि अमरपथ, हाटबजार लाइन, जेसिस चाेक हुँदै बिपि चाेक पुगेर सभामा परिणत गरेका थिए।

र्याली पछिको काेण सभालाई सम्बाेधन गर्दै अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य जुन बिक्रम शाहिले नेपाली जनताले स्वीकार नगरेको राष्ट्रघाती एमसिसि सम्झौता  दलालहरूले जवरजस्त संसदबाट अनुमोदन गरे पनि कार्यान्वयन हुन नदिने बताए।

एमसीसि बिरुद्धकाे शान्तिपूर्ण आन्दोलनलाई हतियार बाेकेर क्रान्तिकारी आन्दोलनमा परिणत गर्ने र त्यस्का लागि जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने समेत चेतावनी दिए।

कार्यक्रमलाई युवा संगठन नेपालका विश्लेषण, क्रान्तिकारी युवा लिग नेपालका प्रगति रानाले समेत सम्वाेधन गरेका थिए।

कार्यक्रम अखिल नेपाल युवक संघ रुपन्देहीका सचिव कृष्ण जिसीकाे संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्