गुल्मीकाे इश्मा गाउँपालिका वडा नम्बर ३ टाकुरामा एक घर एक धारा,,घरमै पानी आएकाे देखेर स्थानीय खुसि

| २०७८ चैत ३ गते १७: ०० मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी ।  गुल्मीकाे इश्मा गाउँपालिका वडा नम्बर ३ टाकुरा  मा एक घर एक धारा भएको छ। निर्वाचनको समयमा मतदातालाई जनप्रतिनिधिले ४ वर्षको प्रयास पछि स्थानियको घर घरमा खानेपानीको धारा ल्याउन सफल भएका छन् ।

गुल्मी जिल्लाकाे इश्मा गाउँपालिका वडा नम्बर ३ टाकुरामा आठमाने ढकुरा लिफ्ट खनेपानी आयाेजनाकाे उद्घाटन गरिएको छ।
पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण राज बिष्टले खानेपानी आयाेजनाकाे उद्घाटन गर्दै पानी बाेक्दा आङ खस्ने महिलाहरू लाई घर छेउमै पानी खस्दाकाे खुसि पुरुष लाई कम महसुस हुने बताउनु भयाे।पानी लाउन सहयाेग गर्ने जनप्रतिनिधि र खानेपानी समितिका अध्यक्ष र समिति लाई धन्यवाद दिनु भयाे। बिष्टले इश्माका प्रत्येका वडामा खानेपानी पुराइने बताउनु भयाे।

एक घर एक धारा अभियानमार्फत खानेपानी समस्या समाधान गर्ने उदेश्यले गाउँपालिकाले खानेपानी आयाेजना सञ्चालन गरेकाे थियाे। खानेपानी आयाेजना पुस २०७५ मा  सम्झौता भई माघ २०७९ मा सम्पन्न भएको थियाे। चालिस लाखकाे लागतमा साे आयाेजना सम्पन्न भएको खानीपानी समितिका अध्यक्ष ले बताए।
इश्मा गाउँपालिका का मानिस हरु घर नजिकै पानीका मुहान नहुदाँ एक गाग्री पिउने पानी ल्याउनकै लागी बिहान र बेलुकाको समय खर्चिन बाध्य  थिए। एक गाग्री पानी ल्याउनकाे लागि टाढा जानु पार्ने अहिले आफ्ना आखाँ अगाडी नै घरमा निर्माण गरिएको धाराबाट पानी खसेको देख्दाँ स्थानिय खुसी भएको बताए। गुल्मी इस्मा गाउँपालिका वडा नं ३ टाकुरा बासीले घर घरमै खानेपानीको धारा आउला भन्ने कल्पना समेत गरेका थिएनन्। जसले गर्दा हिजो आज टाकुरा बासीको दैनिकी नै फेरिएको छ । स्थानीयले घरमै पानी आएकाे खुसियालीमा स्थानीय सरकार लाई धन्यवाद दिए।

प्रतिक्रिया दिनुहोस्