अभिनेता पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

| २०७८ चैत १० गते १९: १३ मा प्रकाशित

काठमाडौं । किशोरी (गायिका)लाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मोडल एवं अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । विहीबार तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि अभिनेता पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

किशोरी गायिकाले दिएकी जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभिनेता शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । प्रतिवादी पल शाह र उनका म्यानेजर कृष्ण जोशीको पक्षबाट ११ जना कानून व्यवसायीले बहस गरेका थिए ।

त्यस्तै पीडित गायिका (जाहेरवाला)को तर्फबाट ७ जना कानून व्यवसायीले बहस गरेका थिए । त्यसोत, उही पीडित गायिकाले अभिनेता शाहविरुद्ध पूर्वीनवलपरासीमा पनि जबरजस्ती करणीको जाहेरी दिएकी छन् । त्यहाँको जिल्ला अदालतमा पनि अभिनेता शाहविरुद्ध अभियोग पत्र दर्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्