एमालेले दुई तिहाइ होइन, त्यसको उल्टो दुई–तीन सिट चाँही जित्छ : झलनाथ खनाल

| २०७८ चैत १२ गते १५: ०६ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दुई तिहाई नभइ त्यसको उट्टो दुई–तीन सिट जित्ने दावी गरेका छन् ।

काठमाडौंमा भइरहेको समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमालेले दुईतिहार्य नजित्ने ठोकुवा गरेका हुन् ।

‘एमालेले दुई तिहाइ होइन । ठीक उल्टो दुई–तीन सिट जित्न सक्छ,’ नेता खनालले भने । उनले हाल एमालेले गर्नसक्ने सम्भावित गठबन्धनका दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीसँग गठबन्धन गरे उक्त गठबनधनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गरे ।news24

प्रतिक्रिया दिनुहोस्