जितपुरमा हिन्दू जागरण युवा स्वयंसेवक कपिलवस्तु जिल्ला कार्य समितिको गठन

| २०७८ चैत १२ गते २१: ५६ मा प्रकाशित

कपिलवस्तुको जिल्ला को ४ नंम्बर जितपुरमा हिन्दूधर्म रक्षा परिषद नेपाल HRP Nepal अन्तर्गत हिन्दू जागरण युवा स्वयंसेवक कपिलवस्तु जिल्ला कार्य समितिको गठन गरिएको छ।

 उक्त कार्यक्रम समाजसेवी दिलिप कार्कीको सभापतित्व, तथा हिन्दूधर्म रक्षा परिषद नेपाल का केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालको प्रमुख आतिथ्यता,परिषदकै संथापक उपाध्यक्ष पं. भीमकान्त पंथि ज्यु र कोषाध्यक्ष राजकुमार श्रेष्ठ साथै हिन्दूजागरण युवा स्वयंसेवक अर्घाखाँची जिल्ला अध्यक्ष नारायण बहदुर खडका सचिव बावुराम खत्री यज्ञ पराजुली शालिकराम चुदालि को विशिष्ट आतिथ्यता एवं परिषदका केन्द्रीय सदस्य पं. भेषराज चुँदालीको संचालकत्वमा उक्त कार्यक्रम संचालन भएको थियो। 

 जितपुरमा हिन्दूधर्म रक्षा परिषद नेपाल

उक्त कार्यक्रमको निर्णय स्वरुप श्री मनोज भुसालज्यूको अध्यक्षतामा २७ सदस्यीय  हिन्दू जागरण युवा स्वयंसेवक जिल्ला कार्यसमिति कपिलवस्तुको गठन भएको छ। वैदिक सनातन धर्मको जिल्लाव्यापी प्रशिक्षणबाट सनातन हिन्दूधर्म को प्रशिक्षण गराइ विभेद हटाई धर्म संस्कृति को रक्षा गर्दै हिन्दू युवा शक्तीकरण गर्ने लगायतका उद्धेश्यहरू समेट्न उक्त समिति गठन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्