कृष्णनगरमा किसानको खेत खन्न गरि बिना स्टीमेट सड़क बनाउदै अध्यक्ष खां

| २०७८ चैत १२ गते २२: ०० मा प्रकाशित

शहबाज खान, कपिलवस्तु ।स्थानीय चुनाव नजिकदै कृष्णनगर नगरपालिका १० नम्बरका वडा अध्यक्ष अब्दुल मोबिन खाँ हतार- हतारमा नियम मिच्दै सड़क निर्माण कार्यमा लागेकाे पाएकाे छ । वडा अध्यक्ष तथा वडा सदस्य मुर्तुजाले आफ्नै उपस्थितिमा सडकको दुबै किनार किसानहरुको खेतबाट मनपरि ढंगले माटो खनन् गरि सड़क निर्माण गरिरहेका छन्। 

किसानहरुलाई जानकारी नगराई मनमानी तरिकाले माटो खनन्  हुँदा आउने वर्षाको समयमा किसानको खेत कटान हुने र खेती गर्नका लागि  असजिलो हुने स्थानीयले किसान बताएका छन्।

वडा अध्यक्ष खाँको भनाइ अनुसार सडक निर्माण कार्यकाे समय कम भएकाेले निर्माण कार्य सुरु गरिएकाे र स्टीमेट कार्य सम्पन्न भए पछि तैयार गर्ने बताए । सड़क निर्माण उपभोक्ता समितिका अध्यक्ष खैराका नईम खाँले रहेको उनले बताए  ।

 तर यता नईम खाँमा अनुसार आफु उक्त सड़क निर्माण समितिको उपभोक्ता समिति अध्यक्ष नरहेको बताए । उनले आफुलाई उक्त सड़क निर्माण बारे कुनै जानकारीसमेत नरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्