माओवादी र नेकपा (एस) ले एक सिट जिते भने सबै सम्पत्ति बुझाएर वृन्दावन जान्छु : दुर्गा प्रसाईं

| २०७८ चैत १६ गते १४: ५७ मा प्रकाशित

व्यवसायी दुर्गा प्रसाईंले नेकपा माओवादी केन्द्र,एकिकृत समाजवादी लगायतका दललाई एक्लै चुनाव लड्न चुनौति दिएका छन् ।

बुधबार आफैले सुर्यविनायकमा स्थापना गरेको तरकारी बजारको समुद्धघाटन कार्यक्रममा बोल्दे उनले एक्लै चुनाव लड्न चुनौति दिएका हुन् ।

कार्यक्रममा उनले आगामी निर्वाचनमा माओवादी र नेकपा एसले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा समेत गरे ।

उनले भने, ‘अरुको त भन्दिनँ, माओवादी र अर्को एस कि के भन्ने नक्कली पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जिते भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्न्यास ग्रहण गरेर वृन्दावन जाने छु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

प्रतिक्रिया दिनुहोस्