बिहे गरेको एक महिना नबित्दै एक दम्पती रुखमा झुन्डिएको अवस्थामा मृ'त फेला

| २०७९ बैशाख १८ गते १५: ५० मा प्रकाशित

कैलाली। कैलालीमा एक दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । गत चैत २७ मा मात्रै वैवाहिक जीवनमा बाँधिएका श्रीमान्–श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । जिल्लाको  घोडाघोडी नगरपालिका १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा बझाङको जय पृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह मृतावस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन भएका थिए । 

आईतबार बिहान गोठालाहरूले शव देखेपछि प्रहरीकहाँ खबर पुगेको थियो । डिएसपी जोशीले शव सडेको अवस्थामा रहेकोले केही दिन पहिले नै झुन्डिएको हुन सक्ने बताए  । घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएको छ ।स्रोत - रातो पाटि 

 

प्रतिक्रिया दिनुहोस्