रेसुङ्गा नगरपालिका ७ का उम्मेदवारहरू घरदैलोमा पुगे

| २०७९ बैशाख १९ गते २०: २६ मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू घरदैलो गर्न  थालेका छन् । जिल्लाको विभिन्न स्थानमा एमालेका उम्मेदवारहरू प्रतिबद्धता पत्र सहित मतदाताको घर–घरमा पुगेका छन्।

यसैबीच रेसुङ्गा –७, मा एमालेको तर्फबाट उम्मेदवार बनेका नेताहरू घरदैलोमा पुगेका छन् । रेसुङ्गा –७, मा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार राम बहादुर थापा, खुल्ला सदस्यहरू कमल पुन , रामबहादुर सुनार, महिला सदस्यमा  कमला पाण्डे र दलित महिला सदस्यमा पम्फा नेपाली  सहितका नेता कार्यकर्ता मतदाताको घरमा पुगेका छन्।

मतदातालाई आफ्नो चुनावी एजेण्डाबारे जानकारी दिएको वडा अध्यक्षका उम्मेदवार थापाले  बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्