गुल्मीदरबार गाँउपालिका वडा नं. ७ मा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश

| २०७९ बैशाख २० गते १८: ०० मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी । नजिकीरहेको स्थानीय तह निर्वाचन केन्द्रीत भएर नेकपा एमाले गुल्मीदरबार गाँउपालिकाले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।  

गुल्मी दरबार गाँउपालिका वडा नं. ७ लाम्डाँडामा  आयोजित कार्यक्रममा २० जना नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा आएको गुल्मी दरबार गाँउपालिका वडा नं.७ का वडा कमिटि अध्यक्ष रड बहादुर कार्कीले बताए ।

कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष शेर बहादुर कार्कीले पाटी बिपन्न तथा सर्वहारा वर्गको पक्षमा बकालत, पैरवी गरेको र सधै गरिबहरुको पक्षमा रहने बताए ।कार्यक्रममा बोल्दै कार्की मुलुकमा अब एमालेको विकल्प नभएको बताए । जनताले अन्य पार्टीहरुहरुलाई बिश्वास गर्न छोडीसकेकोले एमाले नै जनताको पार्टी भएको उनको भनाई थियो ।नेकपा एमाले कमजोर नभएको र मुलुक कै सबैभन्दा शत्तिशालि पाटी भएको उनले बताए । अहिले ५ वटा पार्टी एकातिर भएपनी एमालेले सबैलाई पराजित गर्ने क्षमता राख्ने उनले बताए ।

गुल्मी दरबार गाँउपालिका वडा नं ७ का वडा कमिटी अध्यक्ष रड बहादुर कार्की अध्यक्षता, सुशीला पुनको स्वागत रहेको कार्यक्रमको संचालन नेकपा एमालेका जिल्ला कमिटी सदस्य हुम्म बहादुर टण्डनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्