मुसिकोट नगरपालिकाका लाई कफि ले चिनाउने: महत

| २०७९ बैशाख २१ गते २०: ५८ मा प्रकाशित

गुल्मी। गुल्मी मुसिकोट नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार श्रीराम महतले मुसिकोटलाई कफिवाटै चिनाउने वताएका छन । निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्दै मुसिकोट नगरपालिका आपचौरमा पुगेका उपप्रमुख पदका उम्मेदवार महतले कफिले मुसिकोटको परिचय गराउने बताएका हुन । कफिको उदगम स्थल गुल्मीको आपचौर भएर पनि कफिले यहाँको परिचय वनाउन नसकिएकोप्रति आफुलाई दुख लागेको भन्दै महतले मुसिकोटलाई कफिको नगरपालिकाले विश्वभर चिनाउने आफ्नो प्रतिवद्वता रहेको वताए ।

ईलाम चियाको जिल्ला भनेर वर्षमा लाखौं पर्यटकहरु पुग्ने गरेको वताउदै मुसिकोट नगरपालिकालाई कफिको नगरपालिका रुपमा चिनाउदै आगामी ५ बर्षमा यहाँ पनि पर्यटकहरु भित्र्याउने गरि योजना वनाएर जानुपर्ने र मुसिकोटलाई कफिको नगरपालिका भनेर चिनाउने महतको भनाई रहेको थियो । उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मुसिकोटमा साझा गठबन्धनका उम्मेदवारहरुको विजयीले मुसिकोटका जनताहरुको जिवनस्तर वदलिने दावी गरे । निर्वाचनमा प्रमुख पदमा रुख र उपप्रमुखमा आफुलाई कलम चिन्हमा मतदान गर्न अपिल गरे ।

चुनावी कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्री,नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी लगायतका नेताहरू समेतको सहभागीता रहेको थियो । काम नगर्ने गुल्मीका नेताका दिन सकिएको बताएकी छन । कार्यक्रम वोल्दै झाँक्री र भण्डारीले चुनावी समयमा चिल्ला भाषण गर्नेका दिन अब गुल्मीमा सकिएकाले मुसिकोटको नगरप्रमुख हरिनारायण सापकोटा र उपप्रमुख श्रीराम महतको नेतृत्व रहेका काम गर्ने गठबन्धनका साझा उम्मेदवारहरू विजयी वनाउन स्थानीयहरुसगँ आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्