गुल्मीमा बैशाख २७ गतेदेखि मदिराजन्य बस्तु बिक्री तथा सेवनमा राेक

| २०७९ बैशाख २७ गते १७: ०६ मा प्रकाशित

गोकर्ण पाण्डे गुल्मी। निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गुल्मीमा मादक पदार्थ तथा मदिराजन्य बस्तुको बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेकाे अध्यक्षतामा बसेको बैठकले बैशाख २७ गतेदेखि मतगणना नसकिँदासम्म कुनै पनि मानिसले मादक पदार्थ तथा मदिराजन्य बस्तुको बिक्री वितरण र सेवन गर्न नपाउने निर्णय गरेको हो ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गुल्मी  जिल्लाभर मादक पदार्थ तथा मदिराजन्य बस्तुको बिक्री वितरण तथा सेवनमा रोक लगाएको हाे।

प्रतिक्रिया दिनुहोस्