धुर्कोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा मतगणनाको लागि सर्वदलीय बैठक अझै बस्न सकेन्

| २०७९ बैशाख ३१ गते १४: ४७ मा प्रकाशित

गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा र रुरुक्षेत्र गाउँपालिकामा मतगणनाको लागि सर्वदलीय बैठक समेत बस्न सकेको छैन । जिल्लाका बाँकी १० स्थानीय तहमा भने मतगणना जारी रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले बताइन् ।

धुर्कोट गाउँपालिकामा आफ्नो पार्टीको वडाअध्यक्ष पदका उम्मेदवार माथि कुटपिट भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि सर्वदलीय बैठक बस्न नसकेको हो । गाउँपालिकाको वडानम्बर–४ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गोपाल थापामगर माथि शुक्रवार मतदान सकिएपछि कुटपिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्