गुल्मीदरवार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित

| २०७९ जेठ १ गते १६: २६ मा प्रकाशित

गुल्मी । गुल्मीको गुल्मीदरवार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित सरोज थापाले ६ हजार १६६ मत ल्याएका छन् भने उपाध्यक्षमा तारा थापाले ६ हजार १८८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कृष्ण भुसालले ५ हजार ६०२ मत ल्याएका थिए । उपाध्यक्षमा एमाले उम्मेदवार सुशिला पुनले ५ हजार ५८९ मत ल्याएकी छन् ।

गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडानम्बर १ मा राजेन्द्र कंडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन् ।नेकपा एमालेबाट वडानम्बर २ मा 

विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधी पौडेल निर्वाचित भएका छन् । यसपटकको निर्वाचनमा गुल्मीको रेसुंगा नगरपालिकामा पनि नेपाली कांग्रेसले जितेको छ

प्रतिक्रिया दिनुहोस्