‘सुन मान्छे’का रुपमा चिनिएका ठेकदार सुवास घिसिङ मुक्का हानेको आरोपमा पक्राउ

| २०७९ असार २९ गते १५: २२ मा प्रकाशित

काठमाडौं । ‘सुन मान्छे’का रुपमा चिनिएका एकजना व्यक्ति सरकारी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रिवास घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ४८ वर्षीय सुवास घिसिङ छन् ।

उनलाई प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार घिसिङले सोमबार नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई मुक्का हानेका थिए ।

फोहोरको अनुगमन गर्ने क्रममा ठेकेदार समेत रहेका घिसिङले फोहोरको बिषयलाई लिएर विवाद गरेको मैनालीले बताए । त्यसक्रममा एक्कासी श्रेष्ठलाई टाउकोमा  मुक्का प्रहार गरी घाइते बनाएको सूचना प्राप्त हुने वित्तिक प्रहरी त्यहाँ पुगेको मैनालीले बताए ।

घटनाबारे थप अनुसन्धानका लागि घिसिङलाई ज्यान मार्ने उद्योगमा तीन दिन म्याद थप गरिएको मैनालीले बताए ।स्रोत - अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्