ह'त्याको आरोपमा ७ वर्ष जेल बसेर रिहा भएर आएको २ महिना नबित्दै फेरि अर्को ह'त्या

| २०७९ सावन ६ गते १७: ३९ मा प्रकाशित

जनकपुरधाम । महोत्तरीमा हत्या अभियोगमा ७ बर्ष जेल सजाय भोगेर आएका व्यक्ति दुई महिनामै अर्को हत्याको आरोपमा पक्राउ परेका छन् ।

आफ्नै छिमेकीको हत्या गरेको अभियोगमा ७ बर्ष जेल बसेर १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका पिपरा गाउँपालिका-५ सहोडबाका रामनाथ दास आफ्नै काकाको हत्या अभियोगमा पुनः पक्राउ परेका छन् ।

रिहा भएर आएको २ महिना नबित्दै रामनाथले ५ साउनमा आफ्नै काका ६० बर्षका रामबहादुर दासको हत्या गरेको पाइएको महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार रामनाथले आँपको बगैंचामा सुतिरहेका आफ्नै काका रामबहादुरमाथि कोदालो प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ ।
रामनाथलाई ५ साउनकै राति पक्राउ गरेको प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।श्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्