अश्लील शब्द र पेटिकोटको दृश्यले गीत विवादमा परेपछि शिव हमालले मागे माफी

| २०७९ सावन १९ गते २२: ०९ मा प्रकाशित

काठमाडौं । ‘के हुन्छ होला है बिहेको राति

                    अँध्यारो कोठामा अञ्जान साथी

                    सम्झेर गइसक्यो सातो बरि लै’

शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको यो गीत मंगलबार युट्युबमा रिलिज भयो । गीतमा मोडल करिश्मा ढकालले पेटिकोट लगाएर नृत्य गरेकी छन् ।

‘पापाकी परी’ बोलको यो गीतका केही शब्द र पेटिकोटका दृश्य अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी र विकृति विसंगति न्यूनीकरण संयोजक समेत हुन् । गत महिना विज्ञप्ति जारी गर्दै उनी आफैंले अपाच्य र अभद्र गीत रिलिज गरे कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।

तर उनकै शब्द रचना रहेको तीज गीतको म्युजिक भिडियो यतिबेला विवादित बनेको छ । गीत हटाउन चौतर्फी दबाब परेपछि अनलाइनखबरसँग कुरा गर्र्दै हमालले यस्तो गीत बनाएकोमा आफू लज्जित रहेको भन्दै आत्मालोचना गरेका छन् । ‘यस्तो गीत लेखेकोप्रति म लज्जित छु । हामी आत्मालोचनासहित हटाउँछौं,’ उनले भने ।

तर मोडल करिश्मा ढकाल र गायिका पाठकले चाहिं गीत उपयुक्त रहेको भन्दै हटाउन जरुरी नरहेको बताएका छन् ।

गीतलाई लिएर टिमभित्रै पनि विवाद सुरु भएको छ । आफैं अश्लील गीत ल्याए कारवाहीको धम्की दिने र आफैं त्यस्तो गीत रिलिज गर्ने पदाधिकारीलाई प्रतिष्ठानले के गर्ला ?online khabar 

प्रतिक्रिया दिनुहोस्