गुल्मीमा ट्रक दुर्घटना चालकको मृ'त्यु

| २०७९ सावन २२ गते १५: २५ मा प्रकाशित

गुल्मी। गुल्मीमा ट्रक दुर्घटना भएको छ । रेसुङ्ग नगरपालिका -१० सिमिचौरको राङबास बाट बुटवल तर्फ जाँदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक सिमिचौरको क्राबेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि सवारी चालक गुल्मी दरबार गाउँपालिकाका ३५ वर्षीय रन बहादुर ढेगाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । 

ट्रक सडक बाट करिब दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्