डिएसपी सवार भ्यान दुर्घटना : तीन गम्भीर, हेलिकोप्टरमार्फत उद्धार गरिँदै

| २०७९ सावन २८ गते १४: ३० मा प्रकाशित

रुकुमपूर्व। रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना भएको छ। आज शनिबार दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा सोही गाउँपालिका- ११ सेरामा भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ।

 भ्यानमा ६ जना सवारमध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश डाँगीसहित अन्य तीन जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको डिएसपी डाँगीले जानकारी दिए। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्