माओवादी स्थायी समिति बैठक सुरु

| २०७९ भदौ ३ गते ०९: ३३ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त भएपछि पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला बैठक सुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने नेताहरुले बताएका छन् । महासचिव देव गुरुङ हुने पक्का जस्तै छ । महासचिवका आकांक्षीद्वय वर्षमान पुन र जनार्दन शर्मा तथा गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने बताइएको छ ।

उपाध्यक्षहरुमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।

बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमै पार्टीका विभिन्न नेताहरु, शहीद परिवारका प्रतिनिधि लगायतसँग छलफल गरेका थिए । त्यसैले आज बिहान ८ बजे बस्ने भनिएको बैठक सवा नौ बजेदेखि मात्रै सुरु भएको छ ।

Online khabar

प्रतिक्रिया दिनुहोस्