गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ

| २०७९ भदौ ४ गते ०१: ५० मा प्रकाशित


गुल्मी - गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ। इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए।

 

आज बिहान १० बजे गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए। अन्दाजी ६० वर्षीया महिलाको कंकाल हुन सक्ने वडा अध्यक्ष कुँवरले जानकारी दिए ।

 

शरीरमा चोलो र हातमा चुरा देखिए पनि कंकालको पहिचान हुन नसकेको जनाएको छ । अहिले घटनास्थलमा हस्तिचौर प्रहरी चौकीका प्रहरीले अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्