मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ नहटाए कारबाही हुने

| २०७९ भदौ १५ गते १९: २९ मा प्रकाशित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक लगाएको छ । राइड सेयरिङ एप कम्पनीहरुलाई पत्र लेख्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस्ता स्ट्यान्ड हटाउन निर्देशन दिएको हो ।  अहिले अधिकतम् रूपमा राइड सेयरिङ’ गर्ने  बाइकहरूले यस्तो स्ट्यान्ड प्रयोग गरिरहेका छन् ।

यस्ता स्ट्यान्डले बाइकल मोडिफिकेसन भएको ठहर गर्दै ट्राफिकले प्रयोगमा रोक लगाएको हो । यसले दुर्घटनाको जोखिम समेत बढाएकाले बाइकहरुमा यस्ता स्ट्यान्ड र मोबइल अड्याउने कुनै प्रकारका वस्तु नराख्न निर्देशन दिनु परेको एक ट्राफिक प्रहरी अधिकारी जानकारी दिए ।

नेपाल सरकारको प्रचलित कानुम बमोजिम बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरुप परिवर्तन (मोडिफिकेसन) भएको ती अधिकारीको तर्क छ ।

मोटरसाइकलमा यस्ता स्ट्यान्ड राखेमा कारवाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । नक्सा हेर्न तथा फोटो/भिडिओ खिच्न यस्ता स्ट्यान्डको प्रयोग हुन्छ । यसले दुर्घटना निम्तिरहेकाले प्रयोग निषेध गरिएको हो । मोबाइल हेर्दै बाइक चलाउँदा दुर्घटनाको जोखिम बढेको ट्राफिकको निष्कर्ष छ । सवारी साधनको स्वरूप फर्ने, रङ बदल्ने, नयाँ पाटपूर्जा थपघट गर्ने काम काननले निषेध गरेको छ ।

सवारी चलाउँदा मोबाइल फोन प्रयोग पनि निषेधित छ । यस्तो नियम उल्लंघर गरेमा ५ सयदेखि २ हजारसम्म र अटेरी गरेमा दोहोर्‍याएमा ५ देखि २० हजारसम्म जरिवना हुनसक्ने नियम छ ।स्रोत - अनलाइन खबर 

पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्नेतले प्रहरीको आदेश बमोजिम सूचना कम्पनीले राइडर र फुडम्यानहरूलाई दिएको उनले बताए ।

‘तर कतिपय राइडर र फुडम्यान साथीहरूबाट मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनी गुनासोहरु आइरहेको छ,’ उनले भने,’हामीले अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहल कदमी गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्