बालुवाटारमा प्रधानमन्त्री देउवा-प्रचण्ड छलफल

सिट बाँडफाँटबारे अपरान्ह ३ बजे कार्यदलमा छलफल हुने

| २०७९ भदौ १९ गते ११: ३१ मा प्रकाशित

बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ।

आज बिहान ९ बजेदेखि उनीहरूबीच छलफल भएको हो। ‘उहाँहरूबीच छलफल जारी छ। आजै बेलुकीसम्म गठबन्धन बैठक पनि बस्छ,’ स्रोतले भन्यो।

आज अपरान्ह ३ बजे सिट बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूसहित छलफल हुँदैछ। उक्त छलफलअघि देउवा र प्रचण्डबीच छलफल भएको हो।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरे पनि घट्ने सम्भावना छ। सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुंग्याउने तयारी छ।

कांग्रेसका एक नेताका अनुसार गठबन्धनमा जसपा र नेकपा एकीकृत समाजवादीले धेरै सिट दाबी गर्दा सिट बाँडफाँटको विषय टुंग्याउन गाह्रो भइरहेको छ।

कार्यदलमा जसपाले ३५, एकीकृत समाजवादीले ४० सिट दाबी गरेका थिए।

Seto Pati

प्रतिक्रिया दिनुहोस्