मुख्यमन्त्री राईलाई मातृशोक

| २०७९ भदौ २० गते ११: ४७ मा प्रकाशित

प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । राईकी ममतामयी आमाको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो । भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनलाई हेलिकप्टरबाट उपचारको लागि विराटनगर ल्याइएको थियो ।

मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अन्तिम संस्कारको लागि आजै भोजपुर लगिनेछ । राई पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् । उनका ३ छोरा र एक छोरी रहेका छन् । मुख्यमन्त्री राई कान्छा छोरा हुन् ।

Rato Pati

प्रतिक्रिया दिनुहोस्