प्रतिनिधी सभा सदस्यको लागि नेपाली कांग्रेस पर्वतवाट सिफारीस भएका विश्व प्रकाश प्रसाई को हुन?

| २०७९ भदौ २० गते २०: २६ मा प्रकाशित

प्रतिनिधी सभा सदस्यको लागि नेपाली कांग्रेस पर्वतवाट सिफारिस भएका विश्व प्रकाश प्रसाई नेपाली कांग्रेस पर्वतका चर्चित दोश्रो पुस्ताका नेता हुन । पर्वत जिल्लाको राजनीतिमा विशेष गरी जेष्ठ नेताहरु, प्रसाई लगायतका प्रौढ नेताहरुको साथै युवाहरु देखिन्छन् । तीनै समूहमा चर्चित नेता हुन विश्व प्रकाश प्रसाई ।

वि.संं. २०३६ सालमा विद्यालय तहको विद्यार्थी राजनीतिवाट आफ्नो राजनीतिक जीवनको शुरुवात गरेका प्रसाई हालसम्म अनवरत रुपमा नेपाल कांग्रेसमा क्रियाशिल रहदै आएका छन् । कानूनमा स्नातक र समाज शास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरी राजनीतिको साथमा सामुदायिक विकास तथा लघुवित्तीय क्षेत्रमा विज्ञता हासिल गरेका प्रसाई जिल्लामा स्पष्टवक्ता, विषयगत अध्ययनले भरिपुर्ण, तार्किक शैली, सत्य, तथ्य, तथष्ट विचारकको रुपमा परिचित छन् ।

नेपाल विद्यार्थी संघको जिल्ला सदस्य हुदै अध्यक्षको जिम्मेवारी सम्हाल्दै पाटीको तेह्रौ महधिवेशनवाट भारी मतले जिल्ला सचिव निर्वाचित भएका प्रसाई कांग्रेसको सुभेच्छुक संस्था लोकतान्त्रिक गैसस महासंघको केन्द्रिय सचिव, डेमोक्र्याटिक लयर्स एशोसिएसन धवलागिरीको सचिव र डिएलए पर्वतको अध्यक्ष समेत रहेका छन् । नेता प्रसाई नेपाल प्रेस युनिएन पर्वतको संस्थापक समेत हुन । जिल्लामा उनलाई सामाजिक राजनीतिज्ञका साथै कुशल सञ्चारकर्मी एवम् सञ्चार उद्यमीको रुपमा पनि लिने गरिन्छ । विगत आधा दशक देखि सामुदायिक रेडियो समृद्ध नेपाल पोखरा, रेडियो समृद्ध नेपाल कुश्मा पर्वत सञ्चालन गर्दै आएका प्रसाई अव समृद्ध टेलिभिजन एचडी मार्फत राजनीति र समाजलाई जोडने जमर्को गर्ने तयारीमा छन् ।
 
२०७४ सालको निर्वाचनमा पनि पर्वत जिल्लाको दुवै क्षेत्रवाट प्रनिनिधी सभा सदस्य पदमा सिफारिस भएर पनि अग्रजको सम्मानमा टिकट प्राप्तिको डौदमा सुस्त सुस्त हिडेका प्रसाई यस पटक भने कम्मर कसेरै लागि परेका छन् । 

विगत २०७४ सालको निर्वाचनमा भारी मतले पराजय भोगेको नेपाली कांग्रेसलाई विजय गराउन प्रसाई सवै भन्दा वलियो उम्मेदवार रहेको पर्वतवासी विच चर्चा छ । प्रसाईको उम्मेदवारीको चर्चाले नेकपा एमाले पनि झस्केको छ । गठवन्धनको कारण कांग्रेस पर्वतलाई केही सहज हुने भनिए पनि विजय चुम्न ठूलै मेहनत गर्नुपर्ने देखिन्छ तर गठवन्धनका मतको अलवा प्रसाईले कम्तिमा ५ हजार ७ सय भन्दा वढि मत थप ल्याउन सक्ने एक पर्यवेक्षणले देखाएको छ । यो अनुमान सहि भएमा विगतको चुनावमा १३ हजार मतले पराजय भोगेको कांग्रेस सोही वरावरको मतले यस पाली विजय हुने देखिन्छ । यसको लागि प्रसाईकोे उम्मेदवारीको खाँचो भएका आम कांग्रेसी कार्यकर्ताको भनाई छ । 

वि.सं. २०४६ सालको जनआन्दोलनमा पर्वतको उत्तरी भेगको नेतृत्व गरेका प्रसाई २०४८ सालको आम निर्वाचन हाँक्ने एक हनोहार युवा हुन । वि.सं. २०५१ र २०५६ सालको प्रतिनिधी सभा निर्वाचन, वि.सं. २०६४ र २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधी सभा, प्रदेश सभा निर्वाचनमा समेत नेता प्रसाईले खेलेको भुमिका पर्वतवासीले कहिल्यै भुल्न नसक्ने वताउछन् । आँफू एक पटक भन्दा अर्को पटक एउटै पदमा उम्मेदवार नवन्ने आदर्श र प्रतिवद्धता वोकेका प्रसाई हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाका ७ पालिका र ६१ वडामा कांग्रेस नेतृत्वको गठवन्धनलाई विजय गराउन क्रियाशिल भएर लागि परे तर आँफु कहिं कतै पनि उम्मेदवार वनेनन । प्रसाईको यो आदर्शले पनि पाटी र जनता विच थप लोकप्रिय छन् ।   

चाहे कोही विरामी भएर सहारा विन होस, चाहे कुनै दुर्घटनामा वेसाहरा, ती हरेक दुःख विपत्तीका एक सहारा हुने गर्दछन् विश्व प्रसाई । सेवा र विश्व प्रसाईलाई पर्यावाचीको रुपमा लिने गरेका छन् पर्वतवासीले । स्वाभिवानी हक्की स्वभावका प्रसाई कसैको दृष्टिकोणमा अलि चट्टानी अडानीको रुपमा गनिन्छन् ।

प्रनिनिधी सभा सदस्य पदमा उम्मेदवार सिफारिस भएका प्रसाईको राजनीतिक पहिचानसंगै सामाजिक पहिचान कमशल छैन । उनि गण्डकी प्रदेशकै अग्रणी रोजगारदाता पनि हुन । उनको पहलमा स्थापित विभिन्न सामाजिक संघसंस्थामा हालसम्म ६ हजार ७ सय भन्दा वढि शिक्षित वेरोजगार युवालाई साना–ठूला, स्थायी–अस्थायी रोजगारीहरु प्राप्त गरेका छन् । वेरोजगार र वेसहारा युवाका लागि अहिले पनि प्रसाई एक छहारी वनेका छन् । वितेका ३० वर्षमा पर्वत जिल्लाको ६१ वडाका हरेक वस्तीमा प्रसाईको सामाजिक सेवा पुगेको छ । वि.सं. २०५२ साल देखि राजनीतिसंगै सामाजिक यात्रालाई अगाडी वढाएका प्रसाईले पर्वत जिल्लाको वस्ती वस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सामुदायिक वन तथा आयआर्जनको क्षेत्रमा योगदान दिंदै आएका छन् । 

पर्वत जिल्लामा एक मात्र प्रतिनिधी सभा क्षेत्र रहेकोले प्रतिनिधी सभा सदस्यको उम्मेदवार वन्न लागी परेका प्रसाई जिल्लाभर  लोकप्रिय छन् । दुवै क्षेत्रको आफ्नो लोकप्रियतालाई शंवोधन गर्न प्रसाईले प्रतिनिधी सभा सदस्यको उम्मेदवार वन्न रोजेका हुन ।  आम जनताको दैनिक दुःख सुखमा साथ दिएर महिला, दलित तथा वन्चितीमा परेका वर्ग विच लोकप्रिय प्रसाईको उम्मेदवारीको चर्चाले पर्वतको राजनीतिमा नया हलचल ल्याएको छ । प्रायः निर्वाचनमा झण्डै ३० प्रतिशतको हारहारीमा चलयमान मतदातामा देखिने गरेको छ । यि मतदाता विच प्रसाईको राम्रो पकड रहेको वताईन्छ । नेपाली कांग्रेसको निकटम् प्रतिस्पर्धी नेकपा एमालेमा समेत कांग्रेसवाट प्रसाईको उम्मेदवारीको चर्चासंगै उम्मेदवारी चयन थप पेचिलो र चुनौतीपुर्ण देखिएको छ । 

विजयको नजिक रहेर पनि पाटी केन्द्रवाट टिकट हात पार्न प्रसाई सफल हुन्छन हुदैनन त्यो त हेर्न वाँकी छ, आँफुले टिकट नपाए पनि इमान्दारिताका साथै टिकट पाउने साथीलाई साथ र सहयोग दिने उनको अभिव्यक्तीले धेरैको मन जितेको छ ।

प्रतिक्रिया दिनुहोस्