कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा प्रधानसेनापतिद्वारा सम्बोधन

| २०७९ भदौ २६ गते १२: ५९ मा प्रकाशित

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको अवसरमा प्रभुराम शर्माले आज नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गरेका छन् । प्रधानसेनापति शर्माले जङ्गी अड्डामा आज आयोजित एक समारोहबीच सकल दर्जालाई सम्बोधन गरेका हुन् । 

सम्बोधनका दौरान प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरूको समीक्षा गरेका थिए ।  उनले प्राथमिकताका क्षेत्रहरुमा जोड दिंदै आगामी कार्यदिशाका बारेमा सकल दर्जालाई जानकारी गराएका थिए । 

प्रधानसेनापति शर्माले सम्बोधनका दौरान नेपाली सेनाको कफी टेबल बुक र लिडर्स रिडिङ कलेक्सनको विमोचन गरेका थिए । 

रातो पाटि 

प्रतिक्रिया दिनुहोस्