नेकपा एमाले प्रवेश गरेको करिब दुई सातापछि चितवनको माडीका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किए

| २०७९ असोज १३ गते २२: ३८ मा प्रकाशित

चितवन । नेकपा एमाले प्रवेश गरेको करिब दुई सातापछि चितवनको माडीका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

माओवादीको बागमती प्रदेश सदस्य रहेका गिरीधारी सुवेदी र माडी–७ का सचिव सुरेश थापा पुनः माओवादीमै फर्किएका माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।

बिहीबार उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा स्वागत गरेका हुन् ।

उनीहरु ३० भदौमा माओवादीका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहित एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

नयाँ घर सर्ने क्रममा केही दिन चितवन बसेका प्रचण्डले उनीहरुसँग कुराकानी गरेपछि उनीहरु माओवादीमा फर्किन तयार भएका हुन् ।स्रोत - अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्